धादिङ,०८ माघ।
धादिङका थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ संक्रमित संक्रमण मुक्त भएका छन्।
आज जिल्लामा ९१ एण्टिजेन परिक्षण गरिएकोमा धादिङ अस्पतालमा ५१ जना,धुनिबेशीमा ५, वालामुखीमा ४ र गल्छीमा १ जनागरि जिल्लामा आज ६१ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। शुक्रबार ८५ संक्रमित थपिएका थिए।
हाल जिल्लाको सक्रिय संक्रमित ४५३ रहेका छन्।संक्रमित मध्ये ४४६ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६७ प्रतिशत पुगेको छ ।
केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ६ सय ६६ पुगेको छ। संक्रमित मध्ये ८ हजार १६१ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |