धादिङ,१३ माघ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ बाट नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी १५ जना एमालेमा प्रवेश गरेका छन् ।
बिहिबार एमाले धादिङको पार्टी कार्यालय मदन आश्रित भवनमा माओवादी केन्द्र नीलकण्ठ–७ वडा कमिटि सदस्य तुलसी पोखरेलको नेतृत्वमा १५ जना एमाले प्रवेश गरेका हुन् ।
एमालेका जिल्ला ईञ्चार्ज एवम संघिय सासंद खेम लोहनीले उनीहरुलाई टीका अबिर र खादा लगाएर एमाले प्रवेश गराउनुभएको हो।कार्यक्रममा एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठ,एमाले ज्वालामुखीका अध्यक्ष राजेश अधिकारी लगाएतको उपस्थिति रहेको थियो।
यसैगरी ज्वालामुखी गाउँपालिका–५ खरी जौबारीमा एमालेको वडा कमिटि गठन गएिको छ।सोम बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरिएको एमाले ज्वालामुखीका अध्यक्ष राजेश अधिकारीले जानकारी दिनुभयो।
कार्यक्रममा एमालेका जिल्ला ईञ्चार्ज एवम संघिय सासंद लोहनीको प्रमुख आतिथ्य रहेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |