काठमाडाैं, १९ माघ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहबाट १४ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको मंगलबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । यसअघि सोमबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।
मन्त्रालयले लेखा समूहबाट विनोद भट्टराई, नारायणप्रसाद दाहाल, हरिहर आचार्य, खिमप्रसाद अर्याल, श्रीराम दाहाल, रामभक्त रानाभाट, ध्यानकुमार राई, धर्मभक्त बस्याल, बद्रिप्रसाद अर्याल, शरणहरि लुईँटेल र तीर्थराज ओझालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।
त्यस्तै, राजस्व समूहबाट बढुवा सिफारिसमा पर्नेमा अनिलप्रसाद श्रेष्ठ, खगेन्द्र खड्का र टीकाराम गैरे रहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |