काठमाडौं, २० माघ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले राखेप सदस्यसचिव विवाद अन्त्यकाे माग गर्दै बिहीबार विरोध र्याली निकालेका छन् । उनीहरूले युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतकाे ध्यानाकर्षण गर्दै विरोध र्याली निकालेका हुन् ।
राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरूले राखेप प्राङ्गणबाट निकालेकाे र्याली दशरथ रङ्गशालाको मुलगेटमा पुगेर समापन भएकाे थियाे ।
राष्ट्रिय खेलकुद परिषद्मा सदस्यसचिव नियुक्तिसम्बन्धी विवादकाे मुद्दा लामाे समयदेखि सर्वोच्चमा विचाराधीन छ । जसका कारण खेलकुदका सम्पूर्ण गतिविधि ठप्प बनेकाे छ । कर्मचारीहरूले दुई महिनादेखि तलब पाएका छैनन् । खेलकुद गतिविधि ठप्प भएको छ ।
नीतिगत निर्णय गर्नुपर्ने कार्यहरू हुन सकेका छैनन् । त्यसैलाई सम्बाेधन गर्दै खेलकुदका तीन संस्थाले सम्बन्धित निकायलाई ध्यानाकर्षणसहित छिटोभन्दा छिटो समस्या निराकरण गरी गाँठो फुकाउन आव्हान गर्दै विरोध र्याली आयोजना गरेको हो । ‘खेलकुद ऐनमा राखेपमा सदस्यसचिव नहुँदा अथवा भ्याकुम रहेमा नयाँ वैकल्पिक बाटो अपनाउन सक्ने व्यवस्था गरिएको छ । तर, यति लामो समयसम्म पनि युवा तथा खेलकुद मन्त्रालय मुकदर्शक बन्दै खेलकुदलाई अनिर्णयको बन्दी बनाइरहेको छ ।’ कर्मचारी संघका अध्यक्ष थापाले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |