काठमाडौ,३१ साउन ।
सत्ता गठबन्धनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई विना संसोधन अघि बढाउने भएको छ ।
बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनमा आबद्ध दलहरुका शीर्ष नेताहरुको बैठकले विधेयक जस्ताको तस्तै पुनस् संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार १५ बुँदे सन्देशसहित नागरिकता विधेयकमा संघीय संसदले गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार गर्न आवश्यक भएकाे भन्दै फिर्ता पठाएकी थिइन् । फिर्ता गर्दा राष्ट्रपतिले दिएको कारण (संदेश) अब अघि बढाउँदा विधेयकले सम्बोधन गर्ने संवैधानिक विश्वास हुन्छ ।
तर, सत्तारुढ दलले यसलाई जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको हो । यसरी पठाएको विधेयक फेरि फिर्ता गर्ने सुविधा र अधिकार भने राष्ट्रपतिलाई हुने छैन ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |