धादिङबेशी । बनमा आगो नलगाउन डिभिजन वन कार्यालय धादिङले अपिल गरेको छ । जथाभावी बनमा डंढेलो लगाउदा ठुलो धन जनको क्षती हुने र बन मासिने हुँदा बनमा आगो नलागाउन अपिल गरेको हो ।
आज एक सुचना प्रकाशित गरी डिभिजन वन कार्यालयले बन जोगाउनु हामि सबैको कर्तव्य भएको जनाएको छ। अहिले जताततै वन डढेलोले अत्यन्त ठुलो नोक्सानी भएको छ,वन डढेलो वनका अपराधीले जानीजानी लगाएको पाइएको छ, वन डढेलो दण्डनीय अपराध हो सुचनामा भनिएको छ ।
वन डढेलो लगाए वन ऐन अनुसार क्षति असुली गरि ३ बर्ष सम्म कैदको प्रावधान रहेको भन्दै डढेलो लगाउन बिरुद्ध जानकारी दिन समेत डिभिजन बन कार्यलयले सबैलाई अनुरोध गरेको छ । बन जोगाउनु सचेत नागरिकको दायित्व भएको भन्दै बनमा डढेलो लगाएको भेटिए तत्काल फोन गर्न समेत आग्रह गरीएको छ ।
बनमा डढेलो लगाएको व्यक्ति बिरुद्ध सुचना दिए उचित पुरस्कारको व्यवस्था समेत गरीएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |