एजेन्सी
लन्डन, २ असार।
युरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ । पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् ।
विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा कुल सङ्क्रमित संख्याको लगभग ८५ प्रतिशत युरोपका २५ देशहरूमा छन् ।
अफ्रिकाबाट उत्पत्ति भएको मोन्कीपक्स भाइरस डरलाग्दो रुपमा फैलिरहेको छ । डब्ल्यूएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रूपमा वर्गीकरण भने गरेको छैन् । ‘यस प्रकोपको परिमाणले वास्तविक जोखिम निम्त्याउँछ ।
भाइरस जति लामो समयसम्म फैलिन्छ, त्यति नै यसको पहुँच विस्तार हुनेछ’, युरोपका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक हान्स क्लुगको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |