धादिङबेशी । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ । आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने भएको हो ।
विश्वविद्यालयका यही चैत १५ गतेको प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले सो निर्णय गरेको विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।
विश्वविद्यालयले हालसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेकामा सरोकारवालाबाट नेपालीमा पनि सोध्न आग्रह हुँदै आएको थियो । साथै तल्ला तहमा विद्यार्थीले अङ्ग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा सही रूपमा उत्तर लेख्न नसकेका कारण विद्यार्थीको नतिजामा असर पर्दै आएको पाइएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |