धादिङ,२५ बैशाख
नीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र शिक्षा,युवा तथा खेलकुद शाखाका श्रोत व्यक्ति मेघनाथ कोईरालाको जोडि प्रथम हुनुभएको छ । सोमबार सम्पन्न भएको फाईनल खेलमा वडा अध्यक्ष सरोज पाण्डे र नगर प्रमुख भीम प्रसाद ढुंगानाका नीजि सचिव सरोज तिवारीलाई सोझो सेटमा पराजित गर्दै प्रथम हुनुभएको हो ।
यसैगरी प्रतियोगितामा वडा अध्यक्ष सरोज पाण्डे र नगर प्रमुख भीम प्रसाद ढुंगानाका नीजि सचिव सरोज तिवारीको जोडी दोस्रो हुन सफल हुनुभएको छ । यसैगरी प्रतियोगितामा अनिल चापाई र अनिल मैनालीका जोडी र डिल्लीरमण लम्साल र गोकुल थापा मगरको जोडी तेस्रो हुनु सफल हुनुभएको छ । आज जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण प्रतियोगिता हुँदै छ । त्यसैगरी गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बिच आज दिउँसो ४ बजे खुल्ला मन्चमा फुटबल प्रतियोगिता हुदैछ ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढंगानाले उद्घाटन गर्नुभएको व्याडमिन्टन प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो ।नेपाल सरकार मन्त्रिपरिषद को २०७१ साल बैशाख २६ गते नीलकण्ठ नगरपालिका घोषणा गरेको थियो । यहि दिनलाई स्थापना दिवस मनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । स्थापना दिवसको अवसरमा आज नै महिला कर्मचारी बीच म्यूजिकल चियर प्रतियोगिता हुदैछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |