धादिङ। जिल्लाको खनियाँबास गाउपालिका–४ दार्खामा संचालित ग्रामीण आँखा क्लिनिक संचालनमा आएको छ।तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ र खनियाँबास गाउपालिकाको सहकार्यमा संचालनमा ल्याइएको ग्रामीण आँखा क्लिनिकको सोमबार उद्घाटन गरिएको हो।
गाउपालिका अध्यक्ष रण बहादुर तामाङ, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँका कार्यक्रम निर्देशक नविन कुमार राई लगायतको सहभागतिामा क्लिनिकको उदघाटन गरिएको हो ।
खनियाबास ग्रामीण अस्पतालको भवनबाटै नियमित सेवा दिनेगरि ग्रामीण आँखा क्लिनिक संचालनमा ल्याइएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत रामसिह तामाङले जानकारी दिनुभयो ।ग्रामीण आँखा क्लिनिकको लागि गाउपालिकाले २ जना कर्मचारी पनि नियुक्त गरिएको तामाङले बताउनुभयो।क्लिनिकबाट खनियाँबास लगायत रुवीभ्याली र गंगाजमुना गाउपालिकाको वडा नम्बर १, २, ३ र ४ का स्थानियलाई समेत सहज हुने बताइएको छ ।
त्यस्तै सोमबारनै क्लिनिक उद्घाटन कार्यक्रमको अवसरमा सञ्चालन गरिएको १ दिने निशुल्क आँखा शिविरमा १ सय २६ जनाले सेवा लिएका छन्।जाँच गराएकामध्ये १२ जनामा मोतिया विन्दु देखिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत तामाङले जानकारी दिनुभयो।मोतिया विन्दु देखिएकाहरुको पुस २७ र २८ गते जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा अप्रेसन गरिने जनाएको छ। तस्विर रेडियो धादिङ
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |