धादिङ,१० माघ।
धादिङको खनियावास गाउँपालिकाबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ ।
आज गाउँपालिकाले सूचना प्रकाशित गर्दै आजदेखी अर्को सुचना जारी नभएसम्मको लागि कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका अन्य नियमित सेवाहरु स्थगन गरिएको जानकारी दिएको छ।
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण दिनप्रतिदिन तिव्र रुपमा बढिरहेको र गाउँपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा पनि संक्रमणसँग मिल्दाजुल्दा लक्षणहरु देखा परेका कारण गाउँपालिका र मातहतका वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका अन्य नियमित सेवाहरु स्थगन गरिएको सूचनामा भनिएको छ।
साथै अत्यावश्यक सेवा लिन आउनुहुने सेवाग्राहीले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरी साथमा खोपकार्ड वा खोपकार्डको फोटो लिएर आउन गाउँपालिकाले अनुरोध गरेको छ।
यस्तो छ,गाउँपालिकाद्धारा जारि सूचना
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |