धादिङबेशी । तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङबेशीमा १२३.जनाको निशुल्क आँखाको अप्रेशन गरिएको छ । तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङले जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा मोतिविन्दु भेटिएका १२३ जना बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको हो ।
सोमबार ५७ जना र मंगलबार ६६ जना गरी १२३ जनाको धादिङबेशीमा शल्यक्रिया गरिएको तिलगंगा शल्यक्रिया आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकारले जानकारी दिनुभयो । शिविरमा बिरामीको शल्यक्रिया खर्च, शल्यक्रियाको समयमा खान,बस्न र टाढाबाट आवत जावतको लागी बसको समेत ब्यवस्था गरिएको थियो ।
गाउँ टोलमै गएर निशूल्क शिविर संचालन गर्दा रोग पहिचान भएको र धादिङबेशी आएर निशुल्क अप्रेशन गर्न पाउँदा खुसी लागेको नागरिकहरुको भनाइ छ ।
तिलगंगा शल्यक्रिया आँखा केन्द्र धादिङको आयोजना र धुनिबेशी नगरपालिका, सिद्धलेक गाउँपालिका, नीलकण्ठ नगरपालिका र गल्छी गाउँपालिकाको सह आयोजनामा बैशाख २७ गतेदेखि जेठ ५ गतेसम्म विभिन्न स्वास्थ्य चौकीहरुमा मातिविन्दु छनौट एक दिने निशुल्क शिविर संचालन भएको थियो ।
शिविरका केहि तस्विरहरु
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |