काठमाडौं, २ वैशाख
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारका लागि दुई घण्टाभित्रै चुनावी सभा सक्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभा सञ्चालन मापदण्ड तय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।
समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा दुई घण्टाभित्र सकिनुपर्नेछ । वडा र टोलस्तरका सभा भने एक घण्टाभित्रै सक्नुपर्ने गरी मापदण्ड तयार पारिएको उनले बताए ।
बैठकले सभामा आसन ग्रहण र वक्ताको संख्याबारे पनि मापदण्ड निर्धारण गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |