धादिङबेशी । सिद्धलेक गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तरगत गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंमसेविकाहरुको लागि तालिम संचालन गरिएकोे थियो ।
तालिममा प्राथमिक उपचार सम्बन्धि डा. राम थापा श्रेत्रीले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी तालिममा सहभागि महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई प्राथमिक उपचार बक्स वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नि. प्रमुख प्रशासकीय अधिकृत श्री डा. चक्र वली,वडा अध्यक्ष ज्यूहरु,गाउपालिकाका स्वास्थ्यकर्मी तथा स्थानिय क्षेत्रका कार्यरत २८ जना स्वास्थ्य स्वयंमसेविकाहरुको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |