धादिङ,५ बैशाख
नीलकण्ठ नगरपालिका वडा न ५ पतेनीमा मिनिट्रक दुर्घनामा परी घाइते भएका चालक विष्णृ श्रीमलको उपचारको क्रममा मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचाररत श्रीमलको मंगलबार उपचारको क्रममा मृत्यु भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । पतेनी दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अन्य दुई जनाको पनि अवस्था गम्भिर रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । गम्भिर अवस्थामा उपचाररत अन्य दुई जनाको स्थिर अवस्थामा उपचार भईरहेको छ ।
आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा परि यस अघि सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा राम बहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।यसैगरी दुर्घटनामा परी घाइते भएका १२ बर्षिय प्रितम मजकोटीको के.एम.सी. अस्पताल र चालक विष्णु श्रीमलको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाईतेहरुको उपचारको लागि आर्थिक समस्या भएको वडा अध्यक्ष रामबहादुर श्रेष्ठले बताउनुभयो।संघीय सांसद रामनाथ अधिकारी र वडा अध्यक्ष रामबहादुर श्रेष्ठको समन्वयमा आर्थिक संकलन भईरहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।सवारी धनीसँग पैसा नभएको कारण घाईतेहरुको उपचार गराउनको लागि समस्या भएको छ । घाईतेहरुको उपचारको लागि आर्थिक सहयोग गर्नको लागि वडा अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको छ । एनआईसी बैंकमा वडा अध्यक्ष राम बहादुर श्रेष्ठको खाता नम्बर ५५८७६६९४७५२४००१ मा रकम जम्मा गरीदिन वडा अध्यक्ष रामबहादुर श्रेष्ठले सबैलाई अपिल गर्नुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |