धादिङ,०३ बैशाख ।
नेत्रावती डवजोङ गाउँपालिकाको अध्यक्षको लागि नेकपा माओवादी केन्द्रबाट ६ जनाको नाम सिफारिस गरिएको छ ।शनिबार बसेको माओवादी केन्द्र नेत्रावती डवजोङ सचिवालय बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पालिका अध्यक्षको लागि ६ जनाको नाम सिफारिस गरेको हो।
अध्यक्षमा उर्मिला तामाङ, सुन्दर थापा, प्रेम तामाङ, ठाकुर सापकोटा, रामकृष्ण धमला, र गोपाल गुरुङले दावी गरेसँगै उम्मेदवार छनोटका लागि आकांक्षी सबैको नाम माथिल्लो कमिटीमा पठाईएको बताईएको छ ।
बैठकले घोषणा पत्र लेखनका लागि केशरी प्रसाद पन्त, प्रचारप्रसारलागि टेक बहादुर तामाङ र आर्थिकको जिम्मा उर्मिला तामाङलाई दिएको माओवादी केन्द्र नेत्रावती डवजोङले जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |