काठमाडौं, ३ बैशाख ।
स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले तीन ठाउँमा गठबन्धन नगर्ने निर्णय लिएको छ ।
शुक्रवार बाँकेमा गठबन्धन नगर्ने घोषणा गरेको जसपा नेपालले शनिवार कैलालीमा पनि गठबन्धन नगर्ने निर्णय लिएको हो ।
नेपालगञ्जको मेयर जसपालाई नदिने अडान कांग्रेसले राखेको भन्दै गठबन्धनवाट बाहिरिनु परेको जिल्ला अध्यक्ष कमुरुद्धिन राईले जनाएका छन् । बाँकेमा एक्लै स्थानीय तहको निर्वाचनमा होमिने निर्णय गरेको जसपाले कैलालीमा भने गठबन्धन गरेर निर्वाचनमा जाने भएको छ ।
कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायतसँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय लिइएको जिल्ला अध्यक्ष गयाप्रसाद चौधरीले जानकारी दिएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |