धादिङ ४ बैशाख
ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली काँग्रेस पार्टीले टिकट दिए आफुले २ सय मत बढी ल्याएर जित्ने युवा नेता कुल बहादुर झ्यारीले बताउनु भएको छ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफुलाई त्यहाँको जनताले विश्वास गरेको भन्दै नेपाली काँग्रेस पार्टीले टिकट दिए आफुले निर्वाचन जितेर देखाईदिने दावी गर्नुभयो ।
आफु निर्वाचित भए वडा नम्बर ३ को खानेपानी,सडक,शिक्षा,कृषि,स्वास्थ्य,पर्यटन लगायतको क्षेत्रका आमुल परिवर्तन ल्याउने बताउनुभयो। विकासको हिसाबले वडा नम्बर ३ पछि परेको भन्दै उहाँले आफु निर्वाचित भए प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरेर वडाको विकास गर्ने उद्घोष गर्नुभएको छ ।
जनजातीको बाहुल्यता रहेको वडा नम्बर ३ मा आफुलाई त्यहाँको नागरिकले विश्वास गरेको भन्दै नेपाली काँग्रेस पार्टीलाई जिताउनको लागि आफुलाई टिकट दिनुपर्ने बताउनुभयो ।निस्वार्थ भावनाले जनताको सेवा गर्ने ईच्छा भएको भन्दै उहाँले वडा नम्बर ३ लाई नमुना वडा बनाउनेगरी काम गर्ने बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |