काठमाडौँ, १५ साउन ।
वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ ।
साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण (ह्दयघाट समेत) र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन् । यस्तै, ३१ जनाको सडक दुर्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |