विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
वल्डोमिटर्सका अनुसार सबैभन्दा कोरोना संत्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
भारतमा ४ करोड ४४ लाख ७० हजार १४१, फ्रान्समा ३ करोड ४६ लाख २३ हजार ९८, ब्राजिलमा ३ करोड ४५ लाख ३८ हजार ८८२ र जर्मनीमा ३ करोड २२ लाख ९७ हजार ५३७ जनामा कोरोना संक्रमण भइसकेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ६५ लाख ६ हजार ५६६ जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण मृत्यु हुनेको सबैभन्दा ठूलो संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १० लाख ७३ हजार २९१ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या ब्राजिलमा ६ लाख ८४ हजार ६४६, भारतमा ५ लाख २८ हजार ३०, रुसमा ३ लाख ८४ हजार ८८२, मेक्सिकोमा ३ लाख २९ हजार ६३० र पेरुमा २ लाख १५ हजार ९२८ पुगेको छ ।
कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |