इन्डोनेसियामा शनिबार एक फुटबल खेलमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १७४ पुगेको छ। ठूलो संख्यामा मानिस घाइते भएका छन् । यसलाई विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो स्टेडियम दुर्घटनाको रूपमा वर्णन गरिएको छ।
खेल हारेको टोलीका फ्यानहरु आक्रोशित भएर मैदानमा आएपछि हिंसा भड्किएको थियो।
खेल पूर्वी जाभा प्रान्तको अरेमा एफसी र पर्सेबाया सुराबाया बिच चलिरहेको थियो । अरेमा एफसी २–३ ले पराजित भएको देखेर उनका फ्यान मैदानमा प्रवेश गर्न थाले ।
भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । यस अराजकतामा स्टेडियममा भागदौड मच्चिएको थियो ।
समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले आफ्नो टोलीले खेल हारेको देखेर केही मानिसहरू फुटबल मैदानतर्फ दौडे र उनीहरूलाई रोक्न खोज्दा स्थिति अनियन्त्रित भएको बताए।
उनले भने, ‘रङ्गशालामा झगडा र अराजकता भएको थियो । ३४ जनाको रंगशालामा र बाँकीको अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा दुई प्रहरी पनि छन् ।
यो घटनाका धेरै भिडियोहरु सामाजिक सञ्जालमा शेयर भएका छन् ।-एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |