-देवीप्रसाद अधिकारी
मेरो पत्रकारीता
जनतालाई सुचना दिन होर?
किन दिनु सुचना ?
सुचना दिएबापत मैले केही पाएको छु र?
मेरो पत्रकारीता
तिम्रो कामको तारीफ गर्नका लागि हो र?
के पाउँछु मैले एउटा राम्रोकामको प्रसंसा गरेर?
मेरो पत्रकारीता
समाजका विकृति खोतल्न हो र?
के उपहार मिल्छ मलाई विकृति देखाए र?
मेरो पत्रकारीता
कसैका आडम्बर बिरुद्ध हो र?
के मिल्छ नेताका आडम्बर पोखिदिएर ?
मेरो पत्रकारीता
भ्रष्टाचार खोतल्नलाई हो र?
के झर्छ र भ्रष्टाचार खोतले बापत ?
मेरो पत्रकारीता
सुशासन खोज्न हो र ?
कसरी बाँच्छु म कुशासन विरोधि भएर ?
मेरो घर छैन र ?
मेरा बालबालिका छैनन् र ?
के उनीहरूले खान लाउन पर्दैन र ?
के उनीहरूलाई न्यानो घर चाहिँदैन र?
मेरो पेटले पनि त छानेर खान जानेको छ नि
मेरो बाइकले खाने पेट्रोल कस्ले भर्छ ?
मेरो पकेट खर्च कस्ले थमाउँ छ ?
धर खर्चको लामो बिल कस्ले तिर्छ ?
आफ्नै मिडिया फर्म कस्ले धानिदिन्छ ?
तपाईलाई थाहा छ ?
मेरो मिडिया हाउसले कति तलब तोक्छ
के तपाईंलाई मैले तलब
कहिलेदेखि भेटेको छैन
याद छ ?
तेसै मलाई लेखेन भन्नू हुन्छ
मैले लेखेको देख्नु हुन्न
मेरो अखबारले त छापेन होला
मैले फेसबुकमा
घण्टा घण्टामा अपडेट गरेको हेर्नू हुन्न ?
रेडियो चलाएर, एफ एम बजाएर
लाइभ प्रसारण गरेको कहिले काँही त
हेर्नू भएकै छ त
मेयरहरूसँग मात्र होर बडा बडा अध्यक्षसँग
सिधा सिधा कुरो गरेको हेर्नू भएन?
टोल टोलबाट सामाजिक सुनुवाइ
देखाए कै छु त
कृपया आफू पनि फुर्सद निकाल्नु पर्याे नि
यसो फेसबुक लाइभ हेर्नू पर्याे नि
मेरो मुहार पुस्तिका फलो गर्नु नि
मैले मेयरलालई
अध्यक्षलाई
बडा अध्यक्षलाई
नबोलाएर भो र ?
उहाँहरूको कुरा नसुनाएर भो त ?
मेरो अन्न दाता
मेरो रक्षर
मेरो संरक्षक
मेरो साथी
मेरो सारथी
मेरो सहभोजी
मेरो सहलगानी कर्ता
मेरो वर्तमान
मेरो भविष्य
म कसरी फरक हुन सक्छु र ?
म पनि त मान्छे भएर
बाँच्नु छ नि
मेरो पत्रकारीता
बाँचोस् नबाँचोस्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |