काठमाडौँ, २० माघ ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित हुनुभएको छ ।
निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मनोनित हुनुभएको जानकारी दिनुभयो । अभिनेत्री कार्कीले दर्जनौँ फिल्ममा अभिनय गर्नुभएको छ भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुनुहुन्छ ।
आगामी चैत २ देखि ६ सम्म काठमाडौँमा आयोजना हुने निफमा पाँच जना जुरीमध्ये तीन जना विदेशी चलचित्र निर्माता हुनेछन् । यस वर्ष छनोट भएर दोस्रो चरणमा पुगेका ३५ देशका ९५ वटा लामा, छोटा, वृत्तचित्र तथा एनिमेटेड फिल्ममध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।
एक दर्जन बढी रचनात्मक कार्यक्रम गोष्ठी, अन्तक्र्रिया समेत आयोजना गरिने छ । “नेपाल र विदेशी निर्माताबीच यस्तो महोत्सवले सद्भाव बढाउनेछ”, अध्यक्ष पाठकले भन्नुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |