काठमाडौं, ११ फागुन ।
दक्षिण कोरियामा करार अवधि समाप्त भएपछि कोभिड भिसा थप भएका श्रमिकहरुले बाँकी अवधिको लागि पुनः श्रम स्वीकृति लिनुपर्ने भएको छ ।ईपीएस कोरिया शाखाले बिहिबार विज्ञप्ती निकालेर रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत ई–९ भिसामा कोरिया गएर कोरोनाका कारण पुनः श्रम गर्न नपाएकाहरुलाई पुनः श्रम स्वीकृति लिन आग्रह गरेको हो ।शाखाका अनुसार ईपीएसबाट ई–९ भिसामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरुले बाँकी अवधिको लागि अनलाइबाटै पुनः श्रम स्वीकृति लिन मिल्ने व्यवस्था गरिएको छ ।तर त्यसको लागि वैदेशिक रोजगार विभागको सफ्टवेयर एफइआईएमएसमा जी टू जी लिङ्क दिनुपर्ने हुन्छ ।ईपीएस शाखाले एफईआईएमएसमा जी टू जी लिङ्क दिएपछि बल्ल श्रमिक आफैले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने ईपीएस कोरिया शाखाले जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |