धादिङ,१८ चैत्र ।
आठौ सस्करणको मार्पाक प्रिमियर लिगको बिजेता टिम थला बनेको छ । मार्पाक भेट्रान्स फुटसल टिमको आयोजना तथा मार्पाक सामुदायिक क्लबको सह आयोजनामा भएको प्रतियोगिताको बिजेता टिम थला बनेको हो ।
प्रतियोगिताको बिजेता बनेको टिम थलाले ट्रफि संगै मेडल र नगद पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता बनेको टिम मार्पाकले नगद पुरस्कार प्राप्त गरेको छ ।
त्यसै गरि उत्कृष्ठ गोलकिपर टिम मार्पाकका सम्पुर्ण अधिकारी, उत्कृष्ठ डिफेन्स टिम खानीगाउका राजन मगर र उत्कृष्ठ फरवार्ड टिम बोराङ्गका सरगम थापा मगरलाई पुरस्कृत गरिएको लिग संयोजक फणिन्द्र गुरुङर्ले जानकारी दिनुभयो ।
काठमाण्डौको फ्रेन्डस स्टार फुटसल भत्केपुलमा सम्पन्न लिगमा साबिक मार्पाकका कुल १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको अनलाईन पार्टनरहरुमा जन अपडेट, भिजन न्युज नेपाल, धादिङ्ग संचार र धादिङ्ग पोष्ट साथै रेडियो पार्टनरमा निलकण्ठ एफ. एम. रहेको संयोजक गुरुङ्गले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |