धादिङ । त्रिपुरासुन्दरी गाउपालिकामा वडा न ७ मा ३ महिने सिलाई कटाई तालिम तथा ७ दिने ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउपालिका महिला बालबालिका शाखा तथा लघु उद्यम शाखाको साझेदारीमा ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको हो ।
त्यसै गरी गरिवी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम मेडपा अन्तरर्गत त्रिपुरासुन्दरी गाउपालिकाको आयोजना तथा उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको आर्थिक सहयोगमा ७ दिने ट्याक्टर मर्मत सम्बन्धि सिप बिकास कार्यक्रम सम्पन्न भएको छ ।
तालिममा सहभागीहरुलाई त्रिपुरासुन्दरी गाउपालिकाका वडा ७ का वडा अध्यक्ष सुवास अधिकारी दर्पणले प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान आग्रह गर्नु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |