धादिङ । प्रगतिशील समाजवादी मन्चको संयोजकमा सिताराम कोईराला चयन भएका छन् । यहि असोज ११ गते काठमाण्डौँमा सम्पन्न भेलाले सिताराम कोइरालाको संयोजकत्वमा प्रगतिशील समाजवादी मञ्च “प्रसम” गठन गरेको हो ।
मञ्चको गतिशीलताका निम्ति सल्लाह सुझाव र मार्गदर्शन गर्न श्री शेर बहादुर भण्डारीको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । समकालीन नेपाली समाजको वर्ग विश्लेषण गरी एक्काइसौं शताब्दीमा नेपाली समाजवादको मौलिक रुपरेखा कोर्नको निम्ति सौहार्द्रतापूर्ण छलफल र बहसको टड्कारो आवश्यकता खट्किएकोले समाजवादमा आस्था राख्ने शक्तिहरूको एउटा साझा मन्च अपरिहार्य ठानी सामाजिक जीवनका विभिन्न तह र तप्कामा रहेर योगदान दिँदै आउनुभएका व्यक्तित्वहरू मिलेर मन्च गठन गरिएको संयोजक कोईरालाले बताउनु भयो ।
नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्षको फलस्वरूप सामन्ती राजतन्त्रको अन्त्यसँगै मुलुकले पुँजिवादी लोकतान्त्रिक संविधान प्राप्त गरेको छ । संविधानको प्रस्तावनामा नै देशलाई समाजवाद उन्मुख राष्ट्रको रूपमा उल्लेख गरिएको छ । त्यसका अतिरिक्त प्राय सबैजसो राजनितिक दलहरुले आफ्ना आधिकारिक दस्तावेज मार्फत आफूलाई समाजवादको हिमायती शक्तिको रूपमा प्रस्तुत गरिरहेका सिताराम कोईराला द्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
समाजवाद उन्मुख संविधान घोषणा भएको झन्डै एक दशक बित्न लागिसक्दा सामुहिक सम्पत्ति, समूहले निर्धारण गरेको आदर्श प्राप्ति, समानता, विधिको शासन जस्ता समाजवादको सर्वमान्य मान्यता विपरीत देशमा शिक्षा, स्वास्थ्य जस्ता आम नागरिकको आधारभूत आवश्यकताका क्षेत्रबाटसमेत राज्य पछिंदै गएर दलाल नोकरशाही पुँजिवादको चङ्गुलमा फस्दै गएको बिज्ञप्तीमा उल्लेख छ । मञ्चमा सम्पूर्ण प्रगतिशील. देशभक्त लोकतान्त्रिक तथा समाजवादी शक्तिहरुको साझा मञ्चको रूपमा विकास गर्न चाहेको संयोजक सिताराम कोईरालाले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |