धादिङ,२२ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय धादिङले गैर आवसिय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नीलकण्ठ–१४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत र गजुरी २ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने लक्ष्मी सेढाई गिरीलाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र दिई सेवाको सुभारम्भ गर्नु भएको हो ।
गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो । संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिए बमोजिम शपथ गराउनुपर्ने उल्लेख छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |