धादिङबेशी । नीलकण्ठ नगरपालिका, धादिङले नीलकण्ठ नगरपालिका,नेपाल र जापानको युसुहरा नगरपालिका बीच भगिनी सम्बन्धलाई जोड्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै कोच्ची बिश्वबिद्यालय जापानका प्रा. डा.तादाशीहारालाई सम्मान गरेको छ ।
पुस १० गते मंगलबार एक बिशेष कार्यक्रमको आयोजना गरि नीलकण्ठ नगरपालिकाले धादिङबेशीमा प्रा. डा.तादाशीहारालाई सम्मान गरेको हो । जापानको युसुहरा नगरपालिका र नीलकण्ठ नगरपालिकाले दुई सहर बीच विकास विज्ञता आदान प्रदानका लागि भगिनी सम्बन्धका लागि समझदारी गरेको छ । हाल जाइका जापानको सहयोगमा प्रकोप रोकथामको लागि उपयुक्त प्रबिधि तथा उपायहरु परियोजना मार्फत प्रकोप ब्यबस्थापनका बिभिन्न परियोजनाहरु धादिङ, गोर्खा लगायत बिभिन्न नेपालका स्थानहरुमा परियोजनाहरु प्रोफेसर हाराको नेतृत्वमा संचालित छन् ।
कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाले प्रोफेसरहारालाई सम्मान गर्न पाउँदा अत्यन्तै गर्भ लागेको बताउनुभयो ।
सम्मान कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रोफेसर हाराले बिपत ब्यबस्थापन सम्बंदी नेपालको लागि उपयुक्त प्रबिधि हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो ।
कोच्ची बिश्वबिद्यालयका प्रकोप प्रबिधि सम्बन्धि अनुसन्धानकर्ता तथा अन्तराष्ट्रिय परियोजना हेर्ने नेपाली सुरेश लौडारीले नेपालमा अन्य प्रकोप प्रबिधि सम्बन्धि बिभिन्न परियोजना संचालन चरणम रहेको बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |