धादिङबेशी । धादिङमा पौष २८ गते शनिबार विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै देविघाट सवस्टेशन देखि रातमाटे सरस हुदै धादिङ आएको ३३ के.भि प्रशारण लाईनको भुलभुलेमा पोल थप गर्न, जहरे सवस्टेशनमा रहेको स्टेशन ट्रान्सफरमर मर्मत गर्न तथा प्रशारण लाईनको नजिक रहेको रुखका हागाबिङ्गा काट्नुपर्ने भएकाले विद्युत सेवा अबरुद्ध हुने जनाएको छ ।
शनिबार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म धादिङबेशी, जहरे तथा सल्यान्टार सवस्टेशनबाट वितरित सम्पुर्ण फिडर एरियाहरु (नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, बेनीघाट रोराङ, गजुरी, गल्छी, ज्वालामुखी, नेत्रावती डबजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी र आरुघाट गाउँपालिका लगायतका सम्पुर्ण क्षेत्रमा विद्युत अवरुद्ध हुने सुचनामा भनिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |