धादिङबेशी । नवौँ धादिङ महोत्सव माघ १० गतेदेखि २१ गते हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा धादिङको गजुरी गाउँपालिका– ५ गलौदीस्थित त्रिशूली किनारमा महोत्सव हुने भएको हो ।
शुक्रबार धादिङ उद्योग बाणिज्य संघले पत्रकार सम्मेलनको गरेर महोत्सवको तयारीको बिषयमा जानकारी गराएको हो । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष बिष्णु थपलियाले बताउनु भयो ।
महोत्सवमा १ सय ५० वटा स्टल रहने र त्यसमध्ये ५० वटा स्टलहरू जिल्लाभित्रका स्थानिय उत्पादन, सेवा र वस्तुहरूको पहिचान झल्कने गरी १३ वटै स्थानीय तहसँगको सहकार्यमा निःशुल्क बितरण गर्न लागीएको अध्यक्ष थपलियाले पत्रकार सम्मेलनमा बताउनु भयो ।
महोत्सवको आम्दानीबाट संघको संस्थागत विकासमा ठोस योगदान पुगोस् भन्ने उद्देश्यका साथ पुस्तकालय सहितको सूचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको योजना रहेको समेत उहाँले बताउनु भयो । उहाँले मेला सफल बताउन बिभिन्न समितिहरु समेत निर्माण गरि काम सुरु भएको जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |