धादिङबेशी । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिवद्ध रहेको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनु भएको छ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ भोग्टेनीमा रहेको कुन्डलादेवी माध्यमिक बिद्यालयको ६३ औं बार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले सामुदायिक बिद्यालयहरुमा संघ, प्रदेश र स्थानीय सरकारको लगानी धेरै हुँदा पनि विद्यार्थी र पढाईको गुणस्तर वृद्धि नहुनुले गम्भीर समिक्षा गर्नेपर्ने बेला आएको बताउनुभयो । त्यस्तै बजेट माग गर्दै गर्दा जहाँ आवश्यकता छ, त्यहाँ मात्र बजेट सुनिश्चित गर्ने र शिक्षा क्षेत्रमा लगानी गर्दा सबैको सहकार्यमा बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आई.सि.टि लाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले अब नयाँ ढङ्गले शिक्षालाई अगाडि बढाउन बाग्मती प्रदेश सरकारले स्थानीय सरकारलाई अनुदानको रुपमा योजना ल्याएको बताउनुभयो । बागमती प्रदेश सरकारले सरकारी कामकाजमा तामाङ र नेपाली भाषाको प्रयोगलाई उपलब्धीको रुपमा लिनुपर्ने समेत बताउनु भएको छ ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले गाउँपालिका भित्रका बिद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको र बिद्यालय मर्ज गर्न सर्बदलिय निर्णय गरेर अगाडि बढ्न र आवासीय बिद्यालय बनाउन आफू तयार रहेको बताउनुभयो ।
कार्यक्रम कै अवसर पारेर कुन्डलादेबी माबिको संयोजनमा गाउँपालिका भित्रका माध्यमिक बिद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता, शिक्षक सम्मान तथा विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ । सो अवसरमा मन्त्री मोक्तानले छात्राबासको भवन समेत शिलान्यास गर्नुभएको छ ।
बिब्यस अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकार सामाजिक विकाश मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता, नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,उपाध्यक्ष सितामाया चोदेनको बिशेष आतिथ्यता तथा वडा अध्यक्षहरु, पुर्व जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |