धादिङ,१५ फागुन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङ शाखाले नेपाल पत्रकार महासंघ धादिङलाई सात दिने अल्टिमेटम सहित स्मरणपत्र बुझाएको छ । मंगलबार (फोनिज) धादिङ शाखा अध्यक्ष अर्जुन श्रेष्ठको नेतृत्वमा पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मालाई सात दिने अल्टिमेटम सहित स्मरणपत्र बुझाएको हो ।
‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को देशैभर आन्दोलनको सर्कुलर कार्यक्रम अन्र्तगत आज जिल्ला महासंघका अध्यक्षलाई स्मरणपत्र बुझाएको हो ।
फोनिज नेपाल पत्रकार महासंघको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत छ । तथ्य र प्रमाणको आधारमा नेपाल पत्रकार महासंघ (तत्कालिन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा सम्पुर्ण समितिबाट माग गरिएको थियो ।
तर गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार नभएकोले महासंघको नीतिविरुद्ध फोनिज निर्णयक आन्दोलनको चरणमा पुगेको स्मरणपत्रमा उल्लेख गरिएको छ ।
७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम नभए महासंघको केन्द्रिय कार्यालय सहित देशैैभरका कार्यालयहरुमा तालाबन्दी गरिने फोनिजले निर्णय गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले घोषणा गरेको सात दिने आन्दोलनका कार्यक्रमहरु :
१) फागुन १४ गते विहान ७ बजे फोनिजका सवै समितिका नेतृत्वसंग आन्दोलनबारे भर्चुअल संवाद गर्ने
२) फागुन १५ गते विहान ११ वजे नेपाल पत्रकार महासंघका सवै शाखालाई फोनिजका सबै समिति मार्फत ७ दिने अल्टिमेटम सहित ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने माग सहित स्मरणपत्र बुझाउने ।
३) फागुन १६ गते ११ वजे सरोकारवाला पत्रकारनज्य संघसँस्था र व्यक्तिहरुसँग छलफल गर्ने ।
४) फागुन १७ गते ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने सन्देश फोनिजका सम्पुर्ण सदस्यहरुले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल,वरिष्ठ उपाध्यक्ष रमेश विष्ठ,महासनिव रोशन पुरीलाई मोबाइलमा पठाउने ।
५)फागुन १९ गते फोनिजका सम्पुर्ण सदस्यहरुले ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने मागसहित सन्देश पठाएको एसएमएसको स्कृनसट र संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटो फेसबुक लगायत सामाजिक सन्जालहरुमा पोष्ट गर्ने ।
६) स्मरणपत्र बुझाएको मितिले ७ दिनभित्र माग पूरा नभएमा फागुन २१ गते नेपाल पत्रकार महासंघको केन्द्र,प्रदेश र सवै जिल्लाशाखाहरुमा अनिश्चितकालीन तालाबन्दी गर्ने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |