धादिङबेशी । धादिङवेशी–सांकोष–तिप्लिङ सडक निर्माणमा ढिलाइ भएको भन्दै सांसद रामनाथ अधिकारीले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । मंगलबार प्रतिनिधि सभाको विषेश समयमा बोल्नुहुँदै उहाँले क्रान्ति नायक दामन पाख्रिनको नामबाट राखिएको उक्त राजमार्ग निर्माण कार्य सुरु भएको ३० वर्ष भए पनि अहिलेसम्म पूरा नभएकोमा दुखको कुरा भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
उहाँले तत्कालीन जिल्ला विकास समितिले कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत २०५० सालमा निर्माण कार्य सुरू भएको पनि बताउनुभयो । ‘सय किमी सडक निर्माणको काम ३० वर्ष हुँदा पनि पूरा भएको छैन,’ उहाँले भन्नुभयो, ‘सडक नहुँदा स्थानीयलाई सदरमुकाम आउन तीन÷चार दिन हिँड्नुपर्छ।’
उहाँले सडकखण्डमा ८ वटा खोलामाथि पुल बनाउनुपर्ने पनि बताउनुभयो । यो सडक निर्माणमा संघ र प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगरेको सांसद अधिकारीको भनाइ छ । गणेश हिमालको काखमा रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्वतीय तथा सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको रूविभ्यली गाउँपालिकालाई जोड्ने एक मात्र सडकको काम अहिलेसम्म पुरा नहुँदा विकाससहित अन्य सम्भावनाहरू पनि रोकिएको उहाँको भनाइ छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |