धादिङबेशी । धादिङमा बिकास निर्माण संग सघिय,प्रादेशिक कार्यालयहरु र स्थानिय तहहरुको दोस्रो चौमासिक समिक्षा कार्यक्रम जारी रहेको छ । जिल्ला समन्वय समितिको आयोजनामा सोमबार देखि सुरु भएको समिक्षा कार्यक्रममा धादिङका संघिय संसाद ,प्रदेश सांसद र स्थानिय तहहरुको प्रमुख उपप्रमुख,प्रमुख प्रशाशकीय अधिकृत तथा कार्यालय प्रमुखहरुको उपस्थिति रहेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि अर्यालले धादिङको बिकासमा आफु सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । धादिङको विकासको लागि सबै एकजुट हुनुपर्ने उहाँको जोड थियो । उहाँले जिल्लाको विकासको लागि तिन वटै सरकारबिच समन्वय हुनुपर्ने र आफु जनताको काम गर्न राजनीतिमा आएको भन्दै उहाँले आफ्नो पालामा नागरिकहरुले अनुभुति हुनेगरी काम गर्ने बताउनुभयो ।
आफ्नो मन्त्रालयबाट श्रमिकहरुको पक्षमा केहिन केहि नयाँ काम गर्ने भन्दै उहाँले बैदेशिक रोजगारलाई रोक्न नसकेपनि व्यवस्थित बनाउन भने सकिने बताउनुभयो । जिल्लामा खानेपानीको समस्या अहिले पनि रहेको भन्दै उहाँले खानेपानीको क्षेत्रमा गम्भिर भएर काम गर्नुपर्ने बताउनुभयो । पृथ्वीराजमार्गमा हुने दुर्घटना न्युनीकरणको लागि आफुले गृहमन्त्रीलाई आग्रह गरेर धादिङ र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत प्रहरीसँग छलफल गरेको बताउनुभयो ।
आफुले समावेशी,समानुपातिक र विरोध रहित तरिकाले काम गर्ने भन्दै उहाँले जिल्लाको विकासको लागि साथ दिने आफु तयार रहेको बताउनुभयो । आफु चर्चा कमाउन,हाईहाई हुन भन्दा पनि जनताहरुको पक्षमा काम गर्न आएको मन्त्री अर्यालले बताउनुभयो ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको धादिङको बिकास निर्माण संग सम्बन्धित संघिय प्रादेशिक कार्यालय र स्थानिय तहको दोस्रो चौमासिक समिक्षा कार्यक्रम आज सकिदै छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |