धादिङबेशी । धादिङको पतेनीमा भएको दुर्घटनामा परि मृत्यू भएका मृतकहरुप्रति माओवादी केन्द्र नीलकण्ठ –५ द्धारा शोक बक्तब्य प्रकाशन गरेको छ । माओवादी केन्द्र वडा समितिका सचिव कृष्ण प्रसाद दाहालको हस्ताक्षरित शोक बक्तब्य जारी भएको हो ।
बैशाख २ गते घटना स्थलमै निधन हुनुभएका सन्तोष रम्तेल, धादिङ जिल्ला अस्पतालमा उपचार को क्रममा निधन हुनु भएका रामबहादुर रम्तेल (गोपी), बैशाख ४ गते काठमाण्डौमा उपचारको क्रममा निधन हुनुभएका प्रितम मजकोटी र पार्टी सदस्य तथा नीलकण्ठ नगरपालिका वडा नं.–५ का निर्वाचित वडा सदस्य क. मुना श्रीमलको पति क. विष्णु बहादुर श्रीमलको काठमाण्डौंमै उपचारको क्रममा देहावसान भएको खबरले सिङ्गो नीलकण्ठ नगरपालिका ५ नं. वडा पार्टी सङ्गठन समिति नै स्तब्ध भएको जारी गरिएको शोक बक्तब्यमा उल्लेख गरिएको छ ।
माओवादी केन्द्र वडा समितिले दुर्घटना पश्चात् उद्धार एवं राहतको निम्ति जुट्नुहुने सबैमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारणको निम्ति आग्रह गर्दै समवेदनाको साथ निधन हुनु भएका चारैजनामा श्रद्धाञ्जली प्रकट गरेका छन् । धादिङको खाल्टे पतेनीमा गोठेमल बोकेर बारीतर्फ जाँदै गर्दा बा. ३ ख ८९४७ नम्बरको आइचर गाडी दुर्घटना भएको थियो ।
यस्तो छ जारी गरिएको शोक बक्तब्य
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |