शेयर लगानीकर्ताहरुले शेयर धितोमा दिइने ऋणमा लगाइएको सीमा हटाउन माग गरेका छन् । सोमबार विभिन्न लगानीकर्ताहरुका संघ संगठनको भेलाले नेपाल राष्ट्र बैंकलाई शेयर धितोमा ऋण दिँदा तोकिएको सीमा हटाउन आग्रह गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले शेयर धितो राखेर कुनै व्यक्ति वा संस्थाले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र समग्रमा १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने व्यवस्था गरेको छ । शेयर धितो राखेर पाइने ऋणमा तोकिएको सीमाका कारण शेयर बजारलाई नकारात्मक असर परेको भन्दै लगानीकर्ता सोमबार बुद्धनगरमा छलफलमा जुटेका थिए ।
पछिल्लो समय सरकार र राष्ट्र बैंकले लगानीकर्ताहरुका लागि अन्याय हुने खालका नीतिगत निर्णय गरेका कारण बजारमा नकारात्मक असर परेकले त्यसलाई सच्याउन राष्ट्र बैंङ्कलाई आग्रह गर्ने निर्णय गरेको लगानीकर्ता नयन बास्तोलाले बताए । उनका अनुसार पहिलो चरणमा नीतिगत व्यवस्था सुधार गर्न आग्रह गर्ने र नभए थप आन्दोलन गर्ने भेलाले निर्णय गरेको छ ।
शेयर बजारमा पुराना र सक्रिया लगानीकर्ताहरु निर्मल प्रधान, अम्बिकाप्रसाद पौडेल, दुर्गा तिवारीलगायत पनि भेलामा सहभागी थिए । लगानीकर्ताहरुले शेयर ब्रोकरमार्फत मार्जिन ट्रेडिङ कर्जा व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाइएको सीमा हटाउनुपर्ने, रिक्त धितोपत्र बोर्ड अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न पनि माग गरेको छ ।
बैठकले अम्बिका पौडेलको नेतृत्वमा लगानीकर्ताको संघ बनाउने समेत निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत रहेका पौडेल शेयर लगानीकर्ताहरुको पुरानो संगठन नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्षसमेत हुन् ।
अहिले लगानीकर्ताहरुका छुट्टाछुट्टै ५ वटा संघ–संगठन छन् । सबै एक ठाउँमा हुँदा लगानीकर्ताहरुको आवाज बलियो हुने र नीति निर्माण तहमा पुग्ने भन्दै साझा संगठन बनाउन लगानीकर्ताहरु सहमत भएका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |