श्री सुनदेबी अर्गानिक कृषि सहकारी संस्था लिमिटेडको १३औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।सहकारीका अध्यक्ष सन्तोष रिजालको अध्यक्षता तथा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं.१ गजुरी बजार बाट सञ्चालनमा आईरहेको कृषि सहकारीले बेनिघाट,गजुरी र गल्छि गाउँपालिका लाई कार्य क्षेत्र बनाएर काम गर्दै आईरहेको प्रबन्धक गंगासागर नेपालले बताएका छन् । साधारणसभामा भावि निति तथा कार्यक्रम र आर्थिक बर्ष २०७७र०७८को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउपालिकाको अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले सहकारी क्षेत्रमा गजुरी गाउँपालिकाले लगानी गरेको र अझ अर्गानिक कृषि सहकारीलाई बिशेष प्रथामिकता दिदै नीति कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।
साधारणसभाको अवसरमा सेयर सदस्य रहेका स्वर्गीय दिपेन्द्र अधिकारी र स्वर्गीय बिष्णुलाल श्रेष्ठको परिवारलाई राहत स्वरुप नगद पन्ध्र हजार हस्तान्तरणको अध्यक्ष सन्तोष रिजालले बताए ।त्यस्तै उत्कृष्ट चार जना बचतकर्ता र असल १० जना ऋणी लाई समेत सम्मान गरेको छ।
उत्कृष्ट बचतकर्ता तर्फ सम्मानित हुनेमा शुसिला लामा,लक्ष्मी पाण्डे, भिमसेन श्रेष्ठ,करुणा श्रेष्ठ रहेका छन् ।असल ऋणी तर्फ सम्मानित हुनेमा सुमन भण्डारी, छन्द बहादुर आले मगर,धन कुमारी पाण्डे, शुशिला सुवेदी, बिमल राना मगर, देवनारायण श्रेष्ठ, ऋषि अधिकारी, जयदेव पण्डित, दिनेश डल्लाकोटि र चन्द्रमान घले रहेको छन् ।
कार्यक्रममा गजुरी गाउपालिकाको उपाध्यक्ष सीता ढुङ्गाना र वडा अध्यक्ष राजकुमार पण्डित लगाएतको आतिथ्यता रहेको थियोे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |