धादिङ,०१ भाद्र ।
धादिङमा डेंगुको संक्रमण नियन्त्रण भन्दा बाहिर जाने स्थितिमा पुगेको छ । आज एकै दिन ९० जनामा डेंगु संक्रमण भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज नीलकण्ठ नगरपालिकामा ६६ जना, बेनीघाट रोराङ गाउँपालिकामा १५ जना, सिद्धलेकमा ४ जना, ज्वालामुखीमा २ जना, नेत्रावती डबजोङ, खनियाबास र रुवी भ्याली गाउँपालिकामा १/१ जना गरी ९० जनामा डेंगु पुष्टि भएको हो ।
साउन महिनाको अवधिमा ९२५ जना पुरुष र ९२० जना महिला गरी धादिङका १ हजार ८ सय ४५ जना संक्रमति भएका छन् । जसमध्ये नीलकण्ठ नगरपालिकामा मात्रै १ हजार ५ सय संक्रमित भएका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ५७, बेनीघाट रोराङ ४७, सिद्धलेकमा ४२, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा १७, खनियाबासमा १५, रुवीभ्यालीमा १२, गजुरीमा १२, नेत्रावती डबजोङमा ९, गल्छीमा ४ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |